युट्युब र फेसबुकमा फर्किए डोनाल्ड ट्रम्प

Aadil Times 1+ समाचार ( )
७ चैत्र २०७९

सन् २०२१ जनवरी ६ मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसदभित्रै घुसेर तोडफोड गरेका थिए ।

रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको निर्वाचनमा होमिएका उनी हार्ने निश्चित भएपछि चुनावमा धाँधली भएको भन्दै अभिव्यक्तिहरू दिएका थिए ।

वर्तमान राष्ट्रपति जो बाइडेनले धाँधली गरेरै चुनाव जितेको भन्दै उनले फेसबुक, ट्वीटर र युट्युबमा पोस्ट गरेका थिए ।

उनका रुष्ट समर्थकले त्यसपछि देशभर प्रदर्शन गर्दै अमेरिकी संसदमै आक्रमण गरेपछि सामाजिक सञ्जालहरूले ट्रम्पमाथि आजीवन प्रतिबन्ध लगाएका थिए ।

फेसबुक, ट्वीटर र युट्युबमा ट्रम्पको अकाउन्ट बन्द गरिएको थियो भने उनको आवाजलाई पनि सो प्लेटफर्ममा निषेध गरिएको थियो ।

तर प्रतिबन्ध झेलेको दुई वर्षपछि भने ट्रम्पको फेसबुक पेजमाथिको प्रतिबन्ध हटेको छ । युट्युबमा पनि अब ट्रम्पका सामग्री राख्न पाइने भएको छ ।

रोयटर्सका अनुसार ट्रम्पले फेसबुक पेज र युट्युबमा आफू पुनः फर्किएको भन्दै सन्देश छाडेका छन् ।

प्रतिक्रिया