उपेन्द्र यादवसँग सांसद साहले हिसाब मागे

Aadil Times 1+ समाचार ( )
२८ चैत्र २०७९

आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले अहिले देशमा काम गर्नेहरुले दुःखको जीवन जिउनुपरेको र काम चोरहरुले सुखको जीवन जिएको टिप्पणी गरेका छन् ।

समाज र देशलाई ठग्नेहरु नै अहिले अगाडि बढेको उनको आरोप छ ।

बारा–२ को उपनिर्वाचनको लागि पार्टीका उम्मेदवार अरुण ज्ञवालीको चुनावी घरदैलोमा सहभागी साहले सम्बोधनको क्रममा यस्तो टिप्पणी गरेका हुन् ।

साहले मधेश प्रदेशमा यसअघिपनि पाँच वर्ष उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारको नेतृत्व गरेको भएपनि सो अवधिमा मधेशको विकास नभएको आरोप लगाए ।

उनले जसपाले गरेको कामको हिसाब पनि मागेका छन् । ६ वर्षमा प्रदेश सरकारमा जनता आवासको लागि साँढे अर्व रुपैयाँ आएको भएपनि मधेश प्रदेशका सबै जिल्लामा अहिलेपनि गरिवहरु खरको झुप्रोमा बस्न बाध्य भएको उनको आरोप छ ।

उनले रौतहटको मौलापुरमा पैसाले भन्दापनि इमानदारिताले विकास गरेको स्मरण गराए । उनले देश र समाज विकासको लागि चोरको हातमा चाबी दिन नहुने पनि धारणा राखे । उनले भाषणअनुसार नेताले काम गरेको भएमात्रै विश्वास गर्न जनतालाई सुझाव दिए ।

प्रतिक्रिया