जसपा सांसद यादवको चेतावनी -नागरिकता विधेयक रोके सडक संघर्ष सुरु गर्छौं

Aadil Times 1+ समाचार ( )
३ फाल्गुन २०७९

जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक रोके सडक संघर्षमा जाने चेतावनी दिएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै जसपा सांसद प्रदीप यादवले सरकारले कुनै पनि खेलबाट नागरिकता विधेयक रोके आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष सुरु गर्ने चेतावनी दिएका हुन् ।

सांसद यादवले आवाजविहीनको आवाज कसले सुनिदिने ? भन्दै प्रश्न पनि गरेका छन् । उनले जन्मसिद्ध नागरिकका सन्तानहरू नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरूका लागि न्याय कहिले दिने भन्दै प्रश्न गरे ।

जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने ? रुँदै आउँछन् उनीहरू । उनीहरूका लागि न्याय दिने आज कोही छैन । संसद न्यायको मन्दिर हो । यहीँबाट जनताले न्याय पाउने हुन् । बाबु र आमा नेपाली नागरिक हुँदाहुँदै पनि आज नागरिकता बिना भड्किरहेका छन्,’ उनले भने ।

सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता विहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताए ।

प्रतिक्रिया