नेप्सेमा सामान्य अंकको वृद्धि

Aadil Times 1+ समाचार ( )
१८ माघ २०७९

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेप्से ४.९७ अंकले बढेको हो ।

मंगलबार नेप्से परिसूचक १५.७० अंक घटेको थियो । बुधबार ०.२४ प्रतिशतले बढेर २११६.६५ को विन्दुमा पुगेको छ ।

यस दिन २६१ कम्पनीको एक अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भयो ।

सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४०१.१६ को विन्दुमा पुगेको छ । १३ उपसमूहमध्ये बुधबार आठ उपसमूहको समूहगत सूचक उकालो लागेको छ । पाँच उपसमूहको समूहगत सूचक घटेको छ ।


प्रतिक्रिया