सांसद अमरेशकुमारले संसद् बैठकमै लुगा फुकाले

Aadil Times 1+ समाचार ( )
२५ वैशाख २०८०

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद् बैठक फुकालेर असभ्य व्यवहार देखाएका छन् । उनले सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै ‘सर्ट र गञ्जी’ फुकालेर असभ्य व्यवहार देखाएका हुन् ।

सभामुख देवराज घिमिरेले चेतावनी दिएपनि उनले सर्ट लगाउन मानेका थिएनन् । उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएका थिए ।

बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार