गृहमन्त्रीको जिम्मेवारी अब प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने

Aadil Times 1+ समाचार ( )
१४ माघ २०७९

रबी लामिछानेले सम्हाल्दै आएको गृहमन्त्री पदको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बहन गर्ने भएका छन् । उपप्रधान एवं गृहमन्त्री रहेका लामिछानेलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि गृहको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले राजीनामा दिएका कारण प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको बताइएको छ ।

लामिछानेले नागरिकता प्रकरणमा दोषी देखिएपछि हिजो राजीनामा दिएका थिए ।

प्रतिक्रिया