बझाङबाट विप्लवका तीन नेता पक्राउ

Aadil Times 1+ समाचार ( )
२१ कार्तिक २०७९

बझाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेता पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई सदरमुकाम चैनपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पक्राउ परेका हुन् । कमल थापा, विकास जप्रेल र जनक नामका नेता–कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले ‘मंसिर ४ को निर्वाचनलाई सशक्त ढंगले बहिष्कार गरौं र एमसीसीका मतियारलाई मतदान नगरौं’ लगायत नारा लेखिएका पोष्टर बजारमा टाँसिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया