राजीनामा दिएका रास्वपाका नेताहरूले आज पत्रकार सम्मेलन गर्दै

Aadil Times 1+ समाचार ( )
२२ माघ २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भइ आइतबार राजीनामा बुझाएका नेताहरूले आज पत्रकार सम्मेलन गर्दैछन् ।

तीन नेताहरूले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरूका बारेमा जानकारी गराइने बताइएको छ ।

रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी डा. तोसिमा कार्कीले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।

प्रतिक्रिया