आज राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन

Aadil Times 1+ समाचार ( )
२४ माघ २०७९

राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुदै छ तत्कालीन राष्ट्रिय सभा सदस्य नेकपा एमालेका खिमलाल भट्टराईले असोज २३ मा राजीनामा दिएपछि एक पदरिक्त भएको थियो ।

लुम्बिनी प्रदेशतर्फ एक राष्ट्रिय सभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो।

बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकीएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ।

नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य, नेकपा एमालेबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

उपनिर्वाचनमा प्रदेश सभा सांसद, पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्। लुम्बिनी प्रदेश सभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ छ।

यहाँ कुल मतदाता संख्या ३०५ जना रहेका छन्। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए।

लुम्बिनी प्रदेशमा १०९ पालिका रहेका छन्। तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २\२ तथा राप्रपा र जनता प्रगतिशीलले १\१ स्थानमा जितेका छन्।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १­/१ सिट जितेका छन्।

प्रतिक्रिया