रास्वपाको समानुपातिक सांसद छनौटमा असन्तुष्टि बढ्दै

Aadil Times 1+ समाचार ( )
२१ मंगशिर २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संसद छनौटमा बन्दसूचीको क्रमसंख्या भन्दा बाहिर गएर निर्णय हुन लागेको भन्दै असन्तुष्टि पोखिन सुरु भएको छ ।

समानुपातिक सांसद छनोट प्रकृयामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सनको र बन्दसूचीको क्र.स.भन्दा बाहिर गएर निर्णय गर्न लागेको भन्दै खबरदारी कार्यक्रमको आयोजना गरिएको हो ।

सुनसरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित भएका लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीलाई सहि बाटो हिडाउन पर्नेमा जोड दिएका छन् । उनले आज सवा ११ बजे रास्पा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा खबरदारी कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका छन् ।

यस्ता निर्णयले आम पार्टी सदस्य शुभ चिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको हुदा थिति बसाल्न पार्टी बिग्रेला भन्ने डरले चिन्तित भएको थापाको भनाइ छ ।

प्रतिक्रिया