राष्ट्रपति भण्डारी आज आइसल्याण्ड भ्रमणमा जाँदै

Aadil Times 1+ समाचार ( )
२० कार्तिक २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्याण्ड भ्रमणमा जाँदैछिन् । १७ जना प्रतिनिधिमण्डलको टोलीसहित उनी साँझ ६ बजे आइसल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।  त्यहाँ उनले २३ कात्तिकमा डब्लुपीएल कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको छ । सो अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो । उक्त कार्यक्रममा पनि राष्ट्रपतिले छोटो मन्तव्य दिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट २६ कात्तिक बिहान ७ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया