रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

Aadil Times 1+ समाचार ( )
१५ वैशाख २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए । उपनिर्वाचनमा बारा २ बाट निर्वाचित उपेन्द्र यादवको भने आज शपथ भएन ।

प्रतिक्रिया