आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन

Aadil Times 1+ समाचार ( )
१ माघ २०७९

सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

विमानको प्राविधिक परीक्षणको नागरिक उड्डयन प्राधिकरणले अनुगमन गर्नेछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले हवाई दुर्घटना न्युनिकरणको लागि यस्तो निर्णय गरिएको बताए ।

पोखरामा ७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ । दुर्घटनामा परेकाहरुको अहिले उद्धार भइरहेको छ । अहिलेसम्म कसैलाई जिवित फेला पार्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया