ओलीले भने–अहिलेको सरकार भिजनलेस, मिसनलेस र प्रोग्रालेस सरकार हो

Aadil Times 1+ समाचार ( )
१९ कार्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन स्वार्थको गठजोड भएको दाबी गरेका छन् । आज आयोजित प्रवासी नेपाली मञ्च, साउदी अरबको कार्यक्रममा सम्बोधन गर्दै ओलीले सत्तारुढ दलहरूले बनाएको बाम लोकतान्त्रिक गठबन्धन स्वार्थहरूको गठजोड मात्रै भएको दाबी गरेका हुन् ।

उनले उखान सुनाउँदै गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिएका छन् । ओलीले भने, ‘टालाटुली बाटुली, कति राम्रो कठपुतली यो सरकार ।’ अहिलेको सरकार भिजनलेस, मिसनलेस र प्रोग्रालेस सरकार निर्माण भएको दाबी गर्दै ओलीले थपे, ‘स्वार्थहरूले बनेको, स्वाभिमान नभएको कठपुतली सरकार हो ।’

मन र मस्तिस्कबाट देशभक्ति हटेपछि यस्तो प्रकारको सरकार बन्ने उनको भनाइ छ । अहिलेको गठबन्धनलाई अदृश्य शक्तिले पम्पिङ गरेको र गठबन्धनको मुख ६ तिर फर्केको उनले बताए । सोही कारण, मंसिर ४ मा यसबारे निर्णय गर्नुपर्ने भएकाले त्यसको प्रतिक्षामा रहेको समेत बताए ।

प्रतिक्रिया