घट्यो सुनचाँदीको मूल्य

Aadil Times 1+ समाचार ( )
३ फाल्गुन २०७९

साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ६ सय रूपैयाँले घटेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले घटेर १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया