६ सयले बढ्यो सुनको मूल्य

Aadil Times 1+ समाचार ( )
२६ कार्तिक २०७९

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले बढेर ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य आइतबार ५ रूपैयाँले बढेर १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार