अनेरास्ववियुले भारतबाट आयात हुने विषादी तरकारी सीमामै रोक्ने चेतावनी

Aadil Times 1+ समाचार ( )
१७ फाल्गुन २०७९

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतबाट आउने विषादी परीक्षण नगरी आउने तरकारी सीमामै रोक्ने चेतावनी दिएको छ ।

सरकारले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । सरकारको उक्त निर्णयको विरोधमा अनेरास्ववियुले प्रदर्शन समेत गरेको छ ।

प्रदर्शनको क्रममा अध्यक्ष समिक बडालले अनेरास्ववियुले विषादी परीक्षण नगरी नेपाल भित्र्याइने तरकारी सीमा नाकामै रोक्ने बताए ।

विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु दुःखद रहेको उनको भनाई छ ।

प्रतिक्रिया