आज सीएनआईमा ‘द इलिमेन्ट्स’ को प्रस्तुति

Aadil Times 1+ समाचार ( )
२५ माघ २०७९

विराटनगर –२ शंकरपुर मार्गमा जारी सीएनआई कोसी एक्स्पोमा आज चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले आफनो प्रस्तुति दिने भएको छ ।

‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ को प्रस्तुतिमा आजको एक्स्पोको मैदान साँझमा तातिने भएको छ ।

‘द इलिमेन्ट्स’को ‘बिर्सिने हौ कि, सपनाको मायालु, माया भन्छन्, अल्लारे, ठूला ठूला शहर, अपरिचित, निन्द्रा, तिमी नै, त्यसैले हिडे म’ लगायतका गीत चर्चित छन् । आफ्ना संगीतका फ्यानका लागि व्याण्डले भरपूर्ण मनोरञ्जन दिने छ ।

स्थानिय व्याण्डको प्रस्तुति नभएकाले चिसो र शान्त साँझमा इशान राज वन्तको स्वर गुन्जिने उनका फ्यानहरुले बताएका छन् ।

माघ १९ मा सुरु भएको एक्स्पोमा हरेक साँझ संगीत र कलाकारितामा नाम र चर्चा कमाएका कलाकारहरुले प्रस्तुति दिंदै आएका छन् ।

एक्स्पो अवलोकनकर्ताहरुको माग र चाहनाका आधारमा कलाकारहरु तय गरिएको आयोजकले बताए ।

प्रतिक्रिया