आज नेपाली टोपी दिवस मनाइँदै

Aadil Times 1+ समाचार ( )
१७ पौष २०७९

आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन ‘नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुसी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

विदेशमा रहेका नेपालीहरुले विशेष रुपमा टोपी दिवस मनाउने गरेका छन् । अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया लगायत मुलुकमा रहेका नेपालीले विशेष कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरेका छन् ।

टोपी दिवसको थालनी भएको एक दशक पुगिसक्यो। अब यो विश्वव्यापी बनेको छ। एकै दिन विश्व नै नेपाली टोपीमय बन्न थालेको छ। यसले नेपाली नेपाली बीचमा आत्मियता, मातृभूमिप्रतिको दायित्वबोध मात्रै गराएको छैन, नेपाल र नेपालीको पहिचानसँगै सभ्यता र संस्कृतिलाई विश्वव्यापी बनाउँदै लगेको छ।


प्रतिक्रिया