होलीपर्वका लागि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई

Aadil Times 1+ समाचार ( )
२१ फाल्गुन २०७९

काठमाडौं उपत्यकामा सोमबार होली मनाउन सुरु भएसँगै ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

उपत्यकामा सोमबार बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।

होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने र मादक पदार्थ पिएर सवारी साधन चलाउने गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया