धनकुटाको प्रतिनिनिधिसभा र प्रदेशसभामा एमालेको क्लिनस्वीप

Aadil Times 1+ समाचार ( )
८ मंगशिर २०७९

धनकुटामा प्रतिनिधिसभाको १ र प्रदेशका २ समेत गरी तीनवटै क्षेत्रमा नेकपा एमालेले क्लिनस्वीप गरेको छ ।

२०७४ को निर्वाचनमा पनि एमालले धनकुटाका सबै पालिकासहित तीनवटै क्षेत्र जितेको थियो । पुरानै अनुहारले दोस्रो जीत निकालेका हुन् ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका सुनिलकुमार थापालाई पराजित गर्दै राजेन्द्रकुमार राई निर्वाचित भए । उनले ३० हजार १०० मत पाउँदा थापाले भने २८ हजार ७०४ मत पाएका छन् । थापा पूर्वप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष स्व. सूर्यबहादुर थापाका छोरा हुन् ।

प्रदेशसभातर्फ १ मा एमालेकै निरनकुमार राई विजयी भएका छन् । उनी एमाले धनकुटाका सचिव हुन् । उनले नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राईलाई हराए । निरनले १७ हजार १८ मत पाउँदा अर्जुनले १० हजार २२५ मत पाए ।

प्रदेशसभा २ तर्फ पनि एमालेका जिल्ला अध्यक्षसमेत रहेका इन्द्रमणि पराजुली विजयी भए । उनले माओवादीकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरे । पराजुलीले १५७९७ मत ल्याउँदा श्रेष्ठले ११२३० मत ल्याइन् ।

प्रतिक्रिया