स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

Aadil Times 1+ समाचार ( )
१८ पौष २०७९

रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई एमालेमा प्रवेश गराएका हुन्।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्वमन्त्री महम्मद आफताव आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए।

२०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया