बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लियो

Aadil Times 1+ समाचार ( )
१८ कार्तिक २०७९

बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिकालाई केहिवेर अघि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनु भयो ।

उहाँका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा निहारिकालाई लिइएको हो ।

आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।


प्रतिक्रिया