सेयर बजारमा झिनो अंकको गिरावट

Aadil Times 1+ समाचार ( )
७ मंगशिर २०७९

साताको चौथो कारोबारको दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले घटेर १९२१.९९ बिन्दुमा बन्द भएको छ । बुधबार २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको कारोबार भएको हो ।

नेप्से घटेपनि आज नेपाल बैंक लिमिटेडेको सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन बैंकको १२ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ११ करोड ९ लाख, सिभिल बैंकको ६ करोड ८२ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ६ लाख र नेशनल लाइफ इन्स्योरेन्सको ३ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया