इजरायली आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु

Aadil Times 1+ समाचार ( )
११ फाल्गुन २०७९

इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तीमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गरिएको इजरायली सेनाको दाबी छ ।  इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् । 

इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भिडन्तमा आफ्ना दुई कमाण्डर मारिएको उल्लेख गरेको छ ।

लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भिडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन । नाब्लस आक्रमणमा मारिएका मध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ ।

हमासले हुसम सलीमलाई सदस्य र शहीद भएको दाबी गरेको छ । आईडीएफले एकजनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुईजना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाएको छ ।

इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धहरूले इजरायली सेना विरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरणहरू प्रहार गरेका थिए । त्यसैगरी प्यालेस्टाइनका अनुसार सो झडपमा कम्तीमा १०२ जना घाइते भएका छन् ।


प्रतिक्रिया