कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमण प्रयास

Aadil Times 1+ समाचार ( )
६ चैत्र २०७९

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ।

सोमबार विभिन्न कार्यक्रममा सहभागी हुन ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशीको विरोधमा आन्दोलन गरिरहेका असन्तुट पक्षले आक्रमणको प्रयास गरेका हुन ।

स्थानीयबासीका अनुसार सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले अवरोध गरेका थिए। सिद्धिचरण नगरको वडा नम्बर १ तिर कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई आन्दोलनकारीले रोकेर आक्रमणको प्रयास गरेका हुन । आन्दोलनकारीले मुख्यमन्त्री चढेको गाडीमा आक्रमण प्रयास गरेपनि प्रहरीले उनीहरुको प्रयास विफल बनाएको थियो।

कालोझन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झन्डा थुतेका थिए। मुख्यमन्त्री कार्कीले प्रदेशको नामबारे अब कुनै छलफलसमेत नहुने बतापछि पहिचान पक्षधरहरु थप आक्रोसित बनेका छन ।

प्रतिक्रिया