सन्दीप लामिछानेले भने– मैले कति योगदान गरे थाहा छैन तर देशले क्रिकेट जितेको छ

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा ‘क्लिन स्विप’ गरेपछि सन्दीप लामिछानेले बुधबार जितमा आफ्नो योगदान जस्तो भएपनि देशले क्रिकेट जितेको बताएका छन् । 

“मैले कति योगदान गर्न सके थाहा छैन । तर, मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु,” सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।

मंगलबार सम्पन्न नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय त्रिदेशीय शृंखलामा उनले कुल १३ विकेट लिएका थिए । 

सन्दीपलाई नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ । त्यही कारण उनलाई राष्ट्रिय टिमबाट खेल्न दिन हुने/नहुनेबारे पनि विवाद भएको थियो । 

 


प्रतिक्रिया

सम्बन्धित समाचार