१० वर्षमा मोरङको जनसंख्या १.६६ प्रतिशतले वृद्धि

Aadil Times 1+ समाचार ( )
१३ चैत्र २०७९

राष्ट्रिय जनगणना २०७८ का अनुसार मोरङका १० वर्षको अवधिमा १.६६ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । २०७८ को तथ्यांक अनुसार मोरङको कुल जनसंख्या ११ लाख ४८ हजार १५६ रहेको छ ।

जसमा ५ लाख ५७ हजार ५१२ पुरुष र ५ लाख ९० हजार ६४४ महिला रहेका छन् ।

२०६८ सालको जनगणना अनुसार मोरङको जनसंख्या ९ लाख ६५ हजार ३७० रहेको थियो । पछिल्लो १० वर्षमा १ लाख ८२ हजार ७८५ जनसंख्या वृद्धि भएको हो ।

तथ्यांक अनुसार विराटनगर महानगरपालिकामा जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै र मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा कम जनसंख्या रहेको छ ।

विराटनगरको जनसंख्या २ लाख ४३ हजार ९२७ र मिक्लाजुङको ३३ हजार १६७ रहेको छ ।

विराटनगरपछि सबैभन्दा बढी सुन्दरहरैँचा नगरपालिकाको जनसंख्या १ लाख २० हजार २१३ रहेको छ । यस्तै बेलबारीमा ८१ हजार ७७१, लेटाङमा ३८ हजार १५२, पथरीमा ७२ हजार ४५१, रंगेलीमा ५७ हजार ४९४, रतुवामाईमा ६१ हजार १३९, उर्लाबारीमा ७० हजार ९०८ र सुनवर्षीमा ५६ हजार ३४ जनसंख्या रहेको छ ।

त्यसैगरी धनपालथान गाउँपालिकामा ४५ हजार ३४८, ग्रामथानमा ३६ हजार २४, जहदामा ४७ हजार ६३९, बुढिगंगामा ५१ हजार ४९७, कानेपोखरीमा ४३ हजार १९३, कटहरीमा ४८ हजार ५१० र केराबारीमा ३४ हनार ५०४ जनसंख्या छ । यस्तै संस्थागततर्फ मोरङको जनसंख्या ६ हजार १८५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार