धनकुटा महोत्सवमा किचिएर ३० जना घाइते

Aadil Times 1+ समाचार ( )
१५ माघ २०७९

धनकुटा महोत्सवको क्रममा प्रमोद खरेलको प्रस्तुती हेर्न अत्याधिक मानिसहरु जम्मा भएपछि भीडमा च्यापिएर घाइते हुने ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ ।

जसमध्ये १६ जनाको उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तै २ जना विराटनगरस्थित गोल्डेन अस्पतालमा र अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचार पछि डिस्चार्ज भएको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

शनिबार राती ८ बजेको समयमा धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा महोत्सव आयोजना भएको थियो । गत माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाचौँ धनकुटा महोत्सवमा राष्ट्रिय कलाकार (गायक) प्रमोद खरेलले प्रस्तुती दिने कार्यक्रम थियो । त्यसक्रममा मानिसहरुको धेरै भीडभाड भई गेटबाट भित्र प्रवेश गर्ने क्रममा एकआपसमा ठेलमठेल भई मानिस चेपिएका थिए ।

प्रतिक्रिया