७ वर्षीय बालकको शल्यक्रिया गर्दा लापर्वाहीले मृत्यू भएको आरोप थियो डा. अफाक माथि

Aadil Times 1+ समाचार ( )
शल्यक्रिया भएपछि जेठ ५ गते डिस्चार्ज दिएको थियो । विरामी पासवानलाई ज्वरो र वान्ता मकालु हस्पिटल लगिएको थियो ...
५ फाल्गुन २०७९

डा. अफाक , यस भन्दा अगाडि नै बिराटनगरकै मकालु एभरेष्ट अस्पतालमा कार्यरत थिए । तर अस्पतालका कार्य गरिरहँदा ,२०७९ साल भाद्र १० घटेको एक गम्भिर घटनाले अस्पताल प्रशासनले उनलाई विदा गर्ने मनिस्थीतिमा पुगेको श्रोतले भन्यो । घटना थियो , विराटनगर–  ९ गुद्रीको एक जना बालकको उपचारमा लापरबाही गरेको भन्दै विरामीको मृत्यु प्रकराण । 

विराटनगर ९ गुद्रीका ७ वर्षीय विराट पासवानको मृत्यु भएको थियो ।  र मृतकका आफन्तले मृत्यूको कारण नै डा. अमिर अफाक रहेको आरोप लगाएका थिए । हस्पिटलका चिकित्सकलले शल्यक्रियामा लापरवाही गरेको कारणले  विराटनगर ९ गुद्रीका  ७ वर्षीय विराट पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले हस्पिटल तोडफोड गरेका थिए । पासवानको एपेन्डिसाइटको मकालु हस्पिटलमा वैशाख २८ गते हस्पिटलका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. अमिर अफाकले शल्यक्रिया गरेका थिए ।

शल्यक्रिया भएपछि जेठ ५ गते डिस्चार्ज दिएको थियो । विरामी पासवानलाई ज्वरो र वान्ता मकालु हस्पिटल लगिएको थियो । डा. अफाकले विरामीको अवस्था सिकिस्त भएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदिएका थिए । बालक पासवनको उपचारको क्रममा शुक्रबार ३ बजे मृत्यु भएको हो । एपेन्डिसाइटको अप्रेशन गर्दा डा. अमिर अफाकले लापरबाही गरेको कारणले छोराको अहिले मृत्यु भएको मृतकका बावु विष्णु पासवानले बताएका थिए । ‘छोरा विरामी भएपछि पहिला उपचार गरेकै डा.अमिर अफाक नजिक लिएर गएका थिए । 

तीन महिना अगाडी छोराको पेटको शल्यक्रिया राम्रोसँग नगरेको कारणले यस्तो समस्या आएको  हो,’ बावु विष्णु पासवानले भने, ‘सिकिस्त भएपछि छोरालाई अर्को हस्पिटलमा रेफर गदियो । त्यसपछि छोराको ज्यान गयो ।’ सुरूमा डा. अफाकले राम्रोसँग शल्यक्रिया नगरेको कारण र चिकित्सकको लापरवाहीले छोराको मृत्यु भएको उनलेको भनाई थियो ।

यो पनि...


प्रतिक्रिया

सुरेश अग्रवाल ७ फाल्गुन २०७९, आइतबार

डा अफाक एउटा कुशल डाक्टर हुनुहन्छ। म र मेरो परिवार का सदस्य धैरे चोटी लाभान्वित भयेका छो। गल्ती को बाट हुदैन? आज धैरे दिन पछि उहा ले अरकातिर सेवा दिन थाले पछि यस्तो प्रश्न किन? के माउंट एवरेस्ट लाई उहा छाडे पछि धैरे नोक्सान भयो?

सन्ताेष कुमार दाहाल । ६ फाल्गुन २०७९, शनिबार

नेपाल मेडिकल बाेर्ड निदाएको थियाे ?