पौने २ सय किलो गाँजा सुनसरी प्रहरी द्वारा बरामद

Aadil Times 1+ समाचार ( )
२३ कार्तिक २०७९

स्कार्पियो गाडीभित्र लुकाएर लान लागिएको पौने २ सय किलो गाँजा सुनसरी प्रहरीले बरामद गरेको छ ।

गाँजासंगै ओसारपसारमा संलग्न २ जनालाई समेत पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद गरेको हो ।

अवैध गाँजा बरामद भएसँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका–४ सुनसरीका ३१ बर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाईलाई  प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थपगरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया