नशा र हाडजोर्नी उपचारमा आर्या न्यूरोको फड्को

Aadil Times 1+ समाचार ( )
१८ पौष २०७९

विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पतालले टाउको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा फड्को मार्दै अगाडि बढेको दावी गरेको छ ।

भोजपुरकी ३० वर्षीय सृजना तामाङ्गको मेरुदण्ड भाचिएर च्यापिएको नशाको आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको छ । काम गर्ने क्रममा घरबाट लडेर तामाङ्गको मेरुदण्ड भाचिएर नशा च्यापिएको थियो ।

नशा च्यापिएको कारणले उनका दुवै खुट्टा नचल्ने भएको थियो । उनी उपचारको लागि विराटनगर आएपछि अन्य अस्पताल हुँदै आफन्तको सहारामा आर्या न्यूरो पुगेकी थिइन् ।

आर्या न्यूरो आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा.पंकजराज नेपालको टिमले मेरुदण्डको सफल शल्यक्रिया गरेर च्यापिएको नशा खुलाएको थियो । २८ दिन हस्पिटलमा बसेपछि उनको डिस्चार्ज भएको छ ।

उनी आइतबार हस्पिटलमा फलोअपमा आएकी थिइन् । ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु,’ उनले भनिन्, ‘आर्या न्यूरोले नयाँ जीवन दिएको छ ।’

उपचारमा संलग्न चिकित्सक डा.नेपालले शल्यक्रिया पछि विरामीले नियमित थेरापी गरेपछि अहिले राम्रो सँग हिँडडुल गर्नसक्ने भएको बताए । ‘मेरुदण्ड भाचिएर नशा च्यापिएको विरामी राम्रोसँग हिडडुल गर्न सक्दैनन् । 

पिसाव पनि लागेको थाहा हुदैन । लडेको एक हप्तापछि हस्पिटल आएकोले हामीले तुरुन्त शल्यक्रिया गरिम । च्यापिएको नशा खोलियो । ३ देखि ४ महिनासम्म थेरापी गरेपछि अहिले ठिक भएको छ,’ डा.नेपालले भने ।

नशा च्यापिएको विरामीको चाँडै उपचार गरिनुपर्ने चिकत्सकले बताएका छन् । चाँडै उपचार गरे रिकभर हुने भन्दै डा. नेपालले नशा पुरै ड्यामेज भयो भने त्यसलाई रिकभर गर्न ढिलो हुने बताए ।

आर्या न्युरोमा अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ न्यूरो सर्जन देखि वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिमले उपचार गर्ने गरेको छ । अस्पतालमा अहिले टाउँको, नशा सम्बन्धी सम्पूर्ण उपचार र जोर्नी प्रत्यारोपण देखि हाड जोड्ने सम्मको उपचार हुने गरेको छ ।

प्रतिक्रिया