कम्बोडियामा मृत्यु भएका झापाका पाण्डेको शव ल्याउने तयारी

Aadil Times 1+ समाचार ( )
१९ पौष २०७९

कम्बोडियामा भएको आगलागीमा परी ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ ।उनको शव आगामी आइतबार सम्म नेपाल आइपुग्ने सम्भावना रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए । कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका १ का निराकर पाण्डे फसेका थिए।

त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए। त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो।


प्रतिक्रिया