धनुषामा आज बिहान ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ ।
>
लक्ष्मीनिया गाउँपालिका–६ निकालमा ना ७ ख ९०२७ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिँदा ठेगाना नखुलेका चालक २७ वर्षीय सर्वजित यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
>
मृतकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
>>