पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति राष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

Aadil Times 1+ समाचार ( )
२ माघ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । उनले यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको बताएकी छिन् ।

उनले दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेकी छिन् ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरास्थित सेती नदीको खोँचमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित ७२ जना थिए ।

तीमध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीन जनाको खोजी कार्य जारी छ ।

प्रतिक्रिया