कैलाली कारागारमा थुनामा रहेका प्रतिनिधिसभा सदस्य अरुण चौधरी बयान दिन कैलाली जिल्ला अदालत पुगेका छन् ।
>
माघ २९ गते उच्च अदालतले थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा बयानका लागि उपस्थित गराउन आदेश दिएको थियो ।>
उच्च अदालतले सरकारी वकिलको कार्यालय कैलालीलाई लिखित जवाफ पेस गर्न र चौधरीलाई बयानका लागि उपस्थित गराउन भनेको थियो ।
>
१९ माघमा बाँकेबाट पक्राउ गरेका चौधरीको रिहाइको माग गर्दै २२ गते उच्च अदालत दीपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।>
ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
>
>>