९ बर्षिय बालक अध्ययनका लागी ४ बोतल पानी र चरौट बेच्दै : तश्विरको वास्तविकता यस्तो ?

Aadil Times 1+ समाचार ( )
सडकमा ९ बर्षिय देखिने एक बालकले चार बोतल पानी र चुरोट बेच्दै गरेको दृश्यले भावहुक बनाएको ठकुरीले बताए । निरोजले लाइभ न्यूज संग कुरा गर्दै भने , पानी र चुरोट बेच्दै आएको बालक संगै किताब राखेर पढ्दै थिए ।
२४ माघ २०७९

अहिले यो फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । हाम्रो बिराटागरका पत्रकार निरज मल्ल ठकुरीले कैद गरेको यो दृश्यको वास्तविकता यस्तो छ । विराटनगरमा हाल विराटनगर कोशी सीएनआइ एक्स्पो बृहत रूपमा संचालन भैरहेको छ । करौंडौँको लगानीमा सञ्चालन भइरहेको उक्त एक्स्पोको रिपोर्टिङ गर्न पुगेको हाम्रो विराटनगर पत्रकार निरज मल्ल ठकुरीले यो दृश्य मंगलबार दिउँसो १ बजे कैद गरेका थिए । लाइभ न्यूज संग कु्रा गर्दै पत्रकार ठकुरीले भने , म त्यहाँ एक्सपोको रिपोर्टिङ गर्न गएको थिए । सडकमा ९ बर्षिय देखिने एक बालकले चार बोतल पानी र चुरोट बेच्दै गरेको दृश्यले भावहुक बनाएको ठकुरीले बताए । निरोजले लाइभ न्यूज संग कुरा गर्दै भने , पानी र चुरोट बेच्दै आएको बालक संगै किताब राखेर पढ्दै थिए । 

सडकमा पानी बेच्ने बालकको नाम हो , सत्यम मण्डल । बिराट नर्सिङ होम नजिकै भाडामा बस्दै आएका मण्डल आफु पढ्नका लागी यस्तो सामान बेच्दै आएको बताए । 

एक्स्पोको उत्तरपट्टि पार्किङ स्थलको नजिकै एक बालक सानो पसल थापेर पानी लगायतका सामाग्री बेच्दै गरेको दृश्य अहिले चर्चाको विषय बनेको छ । 

कक्षा दुईमा अध्ययन गर्ने मण्डलसंग पत्रकार निरोजले प्रश्न गरेका थिए “आज बिक्री भएको पैसा के गर्नेू भनेर प्रश्न गरेका थिए । ९ बर्षिय मण्डलले भने ,घरमा खानेकुरा केही छैन । चामल पनि छैन । यहाँबाट आएको पैसा ममी लाई दिन्छु।’ चामल केहि छैन । 

उनका अनुसार बाबु आमा जनमजदुरी गरेर जिविकोपार्जन गर्छन् । एक्स्पो अगाडी बोरा ओछ्याएर ग्राहक पर्खी रहेका मण्डल ग्राहकको पर्खाइमा थिए । विराटनगरको सडकमा बसिरहेका सत्यम मण्डल एक पात्र मात्र हुन् विराटनगरमा यस्ता धेरै बालबालिका छन्, जसले खेल्ने र पढ्ने उमेरमा यसरीनै सडकमा बस्न बाध्य छन् । तर, यस्ता बालबालिकाको भविष्य प्रती भने सम्बन्धीत निकायको ध्यान किन पुग्न सकिरहेको छैन ?

प्रतिक्रिया