डेट एक्सपायर भएको बियर बरामद

Aadil Times 1+ समाचार ( )
४ फाल्गुन २०७९

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८२ लाख बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो ।

दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ ।

बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार मङ्गलबार काठमाडौंको धुम्बाराहीस्थित याक ब्रुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीन वटा गोदममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया