मोरङमा चार मतगणना स्थल निर्धारण

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

संसदीय निर्वाचनको मतगणनाका लागि मोरङमा चार मतगणना स्थल तयार गरिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि हुने मतगणना उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगरमा गरिने भएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

मोरङ क्षेत्र नं.१ को मतगणना उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), क्षेत्र नं.३ को बेलबारी नगरपालिका (भगवती माविमा) र निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने भएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठा मतगणना स्थल बनाइएको र आवश्यकता परे अन्य थप गरिने मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद ढुङ्गेलले जानकारी दिए । मतगणना स्थलमा तार जाली नलगाइएको तर सिसिटिभी जडान गरिएको उनले बताए ।

एक मतगणना स्थलमा ६ गणकको टोली रहनेछ । ५ मंसिर बिहानबाट मतगणना सुरु हुनेछ । मतगणना सुरु भएको तीन दिनभित्र प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनकि गर्ने निर्वाचन आयोगको लक्ष्य रहेको छ ।

प्रतिक्रिया