नेपाल विद्यार्थी संघ मोरङले पायो पूर्णता

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९

विराटनगर । केहि बर्ष देखि रिक्त रहेको नेपाल विद्यार्थी संघ मोरङको कार्यसमितिले पूर्णता पाएको छ । केहि दिन अगाडी नेपाल विद्यार्थी संघका केन्दिय अध्यक्षले नेपाल विद्यार्थी संघ मोरङको सभापतिमा सरोज पोखरेललाई चयन गरेको थियो ।

सभापतिमा पोखरेल चयन भएपछी उनले आफ्नो कार्यसमितिलाई पूर्णता दिएका छन् । उनले उपसभापतिमा कृष्ण श्रेष्ठ ,सचिवमा गुड्डु साह ,सह सचिवमा शंकर बुढाथोकी र सुमन भट्टराई चयन भएका छन् भने कोषाध्यक्षमा गंगा राजवंशी चयन भएका छन् । त्यसतै सदस्यहरुमा क्रमस मो सहजाद आलम,सन्जोग गौतम,विक्रम पुरी,नवराज विष्ट,सुजन भट्टराई,एकराज राजवंशी,तिलक पौडेल,सरु श्रेष्ठ, युज्ञान रेग्मीलाई चयन गरेका छन् ।

नेपाल विद्यार्थी संघ मोरङको कार्यसमितिमा चयन भएका पदाधिकारी एवम सदस्यहरुलाई नेपाली काङ्ग्रेस मोरङका सचिव मोदराज घिमिरे ,सह –सचिव संजय मण्डलले टिका लगाएर स्वागत तथा सम्मान गरेका छन्।

नेपाल विद्यार्थी संघ मोरंगले पूर्णता पाएसंगै आफ्नो गतिबिधि बढाएको छ साथै आसन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाइ जिल्ला भरिको कलेजहरुमा जिताउनकोलागि तयारि समेत गरेको सचिव गुड्डु साहले लाइभ न्यूज रफतारलाई बताए ।


प्रतिक्रिया