अपाङगता भएका प्रतिनिधित्व र पहुँचका लागि लड्छुःकोइराला

Aadil Times 1+ समाचार ( )
३० कार्तिक २०७९

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचका लागि लड्ने बताएका छन् ।

विराटनगर-४ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक–बाम गठबन्धन मोरङ–६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका कोइरालाले यस्ता बताएका हुन् ।

अपाङ्गगता भएका व्यक्तिहरुलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न उनले आग्रह गरे । आफूलाई चुनाव जिताए अपाङ्गता भएका व्यक्तिहरुलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पुर्याउने प्रतिबद्धता व्यक्त कोइरालाले व्यक्त गरे ।

आपाङ्गता भएका शिक्षित बेरोजगारहरुलाई समेत रोजगारी व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन आफू लागिपर्ने कोइरालाको भनाइ थियो ।

मोरङ क्षेत्र नम्बर ६ प्रदेशसभा (ख) का उम्मेदवार केदार कार्कीले आपाङ्गमैत्री कानुन बनाएर कार्यान्वयन गर्न लागिपर्ने बताए ।

कार्यक्रममा आपाङगता भएका व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रम समाजसेवी ओम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया