आज सुनचाँदीको मूल्य स्थिर

Aadil Times 1+ समाचार ( )
३० फाल्गुन २०७९

साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार ३०० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया