महानगरको लोगो बनाउनेलाई एक लाख पुरस्कार

Aadil Times 1+ समाचार ( )
२८ कार्तिक २०७९

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै प्रतिक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ ।

त्यसका लागि महानगरको कात्तिक ३ गते बसेको कार्यपालिका बैठकले लोगो बनाउन आव्हान गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनौट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

छनौटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगदले पुरस्कृत गरिनेछ । छनौट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ । लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सोमबारको गोरखापत्र दैनिकमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया