शंकास्पद वस्तु बम नभएको पुष्टि

Aadil Times 1+ समाचार ( )
मोबिलको बट्टामा तार बाहिर निकालेर ...
२ मंगशिर २०७९

विराटनगरमा एकाबिहानै भेटिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ ।

आमसर्वसाधारण र मतदातालाई त्रसित बनाउन ‘नक्कली बम’ राखेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शनिबार बिहान ६ः२५ बजेतिर शंकास्पद वस्तु फेला परेको थियो ।

उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ८ः५० बजेतिर डिस्पोज गरेको छ । सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु बम नरहेको पुष्टि भएको हो ।

प्रहरीका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको थियो । तर मोबिलको बट्टामा तार बाहिर निकालेर राखेको पाइएको डीएसपी श्रेष्ठले बताए ।

आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित एवं मतदातालाई त्रसित पार्ने उदेश्यले त्यस्ता वस्तु राखिएको प्रहरीको भनाइ छ । उक्त वस्तु कसले राखेको भन्ने यकिन भइसकेको छैन । घटनामा संलग्नको खोजी तीव्र पारिएको डीएसपी श्रेष्ठले बताए ।


प्रतिक्रिया