उपचारको लागी राईको आर्थीक सहयोगको अपिल

Aadil Times 1+ समाचार ( )
२६ मंगशिर २०७९

बिराटनगरको नोबेल अस्पतालमा उपचारर्त एक विरामीका लागी उनका आफन्तले आर्थीक सहयोगको अपिल गरेका  छन् । धनपालथान गाँउपालिका वडा नं ६ का संजिव कुमार राय अमातको फोक्सोमा पानी जमेको हुँदा उनको उपचार बिराटनगरको नोबेल मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।

 २८ बर्षिय राई काठको सामग्री बनाउने मिलमा काम गर्दै आएका थिए । मंसिर ५ गते एक्कासी छाती दुख्न थालेपछि उनलाई उपचारका लागी नोबेल मेडिकल अस्पताल ल्याइएको थियो ।

 हालसम्म ७ लाख रुपैँया खर्च भए पनि उपचारका लागी थप ५ लाख रुपैँया लाग्ने भएको हुँदा आर्थीक रुपमा सहयोग गरिदिनका लागी स्थानीय समाजसेवी रमेश राय अमातले आग्रह गरेका छन् । 

५ बर्षिय १ छोरा र ३ बर्षिय एक छारी रहेको रायको अवस्था सुधारोन्मुख भए पनि थप उपचारको लागी आर्थीक सहयोग गरिदिनका लागी आग्रह गरेका छन् ।

 उनका लागि सहयोग गरिदिनका लागि मेगा बैंकमा उनको आमा धुनकी देबी राय अमातको नाममा रहेको खाता नं ३१२००५००२१८८१ रहेको रमेश राय अमातले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार