एक्सबीबी सबभेरियन्ट पुष्टि भएसँगै हाई अलर्टमा स्वास्थ्य मन्त्रालय

Aadil Times 1+ समाचार ( )
११ कार्तिक २०७९

ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिचान भएकाले सजग रहन सरकारले आह्वान गरेको छ । पछिल्लो समय सङ्क्रमित भएकामध्ये धेरैमा एक्सबीबी सबभेरियन्ट पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा। समीर कुमार अधिकारी बताउँछन् । अघिल्लो महिनाको तुलनामा सङ्क्रमित बढ्नुको मुख्य कारण ओमिक्रोनको सवभेरियन्ट एक्सबीबी भएको उनको भनाई छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण २१ गतेदेखि असोज १४ सम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरूमा सङ्कलित नमुनाको जिनोम सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिलो पटक पहिचान भएको थियो । सो भेरियन्ट देशका विभिन्न भागमा  फैलनुका साथै कोभिड –१९ को सङ्क्रमण बढेको देखिएको जारी सूचनामा उल्लेख गरिएको छ ।


कात्तिक महिना सुरु भएदेखि दैनिक ४ देखि ५८ जनासम्म सरदरमा  सङ्क्रमित हुँदै आएका छन् ।  कात्तिक १ गते  ४६ कोरोना  सङ्क्रमित हुँदा २ गते ४८ सङ्क्रमित भएका थिए । यस्तै, ३ गते ५३ जनामा सङ्क्रमण पुष्टि हुँदा ४ गते ५४ पुगेको थियो । यस्तै क्रमशः ५ गते ४३, ६ गते ४१, ७ गते ४२, ८ गते १६, ९ गते १६, १० गते ४ र  ११ गते १४ सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले देखाउँछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार