एमाले अध्यक्ष ओलीले दिए राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना

Aadil Times 1+ समाचार ( )
२६ फाल्गुन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई-शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओलीले पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका हुन् ।

तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’, ओलीले लेखेका छन् ।

बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया