उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्री दाहालले गरे मतदान

Aadil Times 1+ समाचार ( )
३ चैत्र २०७९

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद् भवन बानेश्वरमा केहीबेर अघि मतदान गरेका हुन् ।

चौथो कार्यकालका लागि उपराष्ट्रपति चयन गर्न अहिले मतदान भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदानमा ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपति बन्न नेकपा एमाले, जसपा र नागरिक उन्मुक्ति पार्टीका उमेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया