उम्मेद्‍वार भट्टराईलाई जिताउन शेखर तनहुँमा घरदैलो गर्दै

Aadil Times 1+ समाचार ( )
४ वैशाख २०८०

नेपाली कांग्रेसका उम्मेद्‍वार गोविन्दराज भट्टराईलाई जिताउन कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला तनहुँ पुगेका छन्।

नेता कोइराला बैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्ना सांसद्‍लाई जिताउन तनहुँ-१ मा घरदैलो अभियान संचालन गरेका छन्। उनी मतदाताको घरघरमा गएर भट्टराईको पक्षमा भोट मागिरहेका छन्।

घरदैलो गरिरहेका नेता कोइरालाले कांग्रेसले उपनिर्वाचनमा शानदार जित हात पार्नेपनि दाबी गरेका छन्।

उनले भने, ‘कांग्रेस भनेको जनता हरेक सुख दुःखको साथी हो। तनहुँ-१ का जनताको भलाई र विकासको लागि गोविन्द भट्टराई मात्रै उपयुक्त व्यक्ति हो। त्यसैले उहाँको जित आवश्यक छ।’

यसअघि तनहुँ-१मा कांग्रेसबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सो क्षेत्रमा कांग्रेसका भट्टराई, एमालेबाट पूर्वआइजीपी सर्वेन्द्र खनाल र रास्वपाबाट डा. स्वर्णिम वाग्लेबीच मुख्य प्रतिष्पर्धा हुँदैछ।

प्रतिक्रिया