बिरामीको सहयोगका लागि रक्तदान

Aadil Times 1+ समाचार ( )
१४ मंगशिर २०७९

उपचारका क्रममा बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले बुधबार विराटनगरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिले रक्तदान गरेका छन् ।

‘विकल्पः दि अल्टर्नेटिभ्स’ नामक संस्था र रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमकी संयोजक रानु साहले संस्थाका सदस्यहरुलाई तालिम प्रदान गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

रेडक्रसका पदाधिकारीसँग समन्वय गरी कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दे उनले कलेजका विद्यार्थीहरुको पनि सहयोग रहेको बताइन् ।

बुधबार ७० जनाबाट रक्तदान हुने अपेक्षा आयोजकको छ । यसपछि विराटनगर महानगरपालिका वडा नम्बर १७ मा यस्तै कार्यक्रम आयोजना गर्ने तयारी आयोजकको छ ।

रेडक्रसका सदस्य जितेन्द्र देवका अनुसार रक्तदान गर्नेमा अधिकांश कलेजका विद्ययार्थी छन् ।

सहभागीमध्ये कलेजका विद्यार्थी सोनु दाहालले दोस्रो पटक रक्तदान गरेको उल्लेख गर्दै बिरामीको सहयोगका लागि आफूले सकेसम्म रक्तदान गरिरहने बताइन् ।

प्रतिक्रिया